गुठी विधेयक, आज संसदमा फिर्ताको प्रस्ताव पेस हुँदै, विरोध जारी | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

गुठी विधेयक, आज संसदमा फिर्ताको प्रस्ताव पेस हुँदै, विरोध जारी

काठमाडौं, १० असार । सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदायले विधेयक खारेजीको माग गर्दै आन्दोलनलाई जारी राखेका छन । असार ३ गते सरकारले विवादित गुठी विधेयक फिर्ताको घोषणा गरेको भएतापनि सरकारको घोषणामा विश्वस्त हुने आधार नभएको भन्दै आन्दोलनको स्वरुपलाई बदल्दै खवरदारीको रुपमा विरोधका कार्यक्रमलाई अगाडि बढाँउदै आएका छन ।

उपत्यकाका नेवार समुदाय तथा अभियन्ताहरुले सोमबार पनि विरोधका कार्यक्रमलाई जारी राखे । सोहि क्रममा राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिको संयोजकत्वमा विरोध जुलुशको आयोजना गरीएको थियो । बसन्तपुरदेखि न्युरोड, रत्नपार्क भद्रकाली सुन्धारा हुँदै अगााडि बढेको जुलुश बसन्तपुरमै पुगेर अन्त्य भयोे । त्यस्तै उपत्यकाका पाटन तथा भक्तपुर लगाायतका स्थानमामा समेत विरोध जुलुशको आयोजना गरीएको थियो ।

सहभागिहरुले जनभावना विपरितको अभिव्यक्ति दिएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटा,सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएको तथा आन्दोलनलाई अवमूल्यन गर्ने अभिव्यक्ति दिएको भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रि पद्मा अर्याल तथा अभियन्तामाथि प्रहरी दमनको आदेश दिएको भन्दै गृहमन्त्री रामवहादुर थापा ‘वादल’को राजिनामा माग गर्दै विधेयक खारेजीको माग गरेका थिए । अभियन्ताहरुले मन्त्रि अर्यालको राजिनामा माग गर्दै हस्ताक्षर कार्यक्रम समेतलाई जारी राखेको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);