गुठी विधेयकको विरोधमा पोखरामा पनि प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गुठी विधेयकको विरोधमा पोखरामा पनि प्रदर्शन

पोखरा, २ असार । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ । विभिन्न संस्था र जातिय समुहहरुले गुठी विधेयकको विरोध गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

पोखराको चिप्लेढुँगाबाट शुरु भएको विरोध जुलुस न्युरोड, सभागृह, सृजनचोक, रत्नचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बझाएका थिए । सरकारले गुठीसम्बन्धी विधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोध र सर्मथनमा कार्यक्रमहरु हुँदै आएका छन् ।

गुठी सम्बन्धी विधेयक ल्याएर सरकारले परम्परागत संस्कृतिलाई मेटाउने काम भइरहेको भन्दै प्रर्दशनकारीहरुले गुठी विधेयक खारेज गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);