राजधानीमा विपद व्यवस्थापन समबन्धि दक्षिण एशियाली सम्मेलन शुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

राजधानीमा विपद व्यवस्थापन समबन्धि दक्षिण एशियाली सम्मेलन शुरु

दक्षिण एशियाली सम्मेलन शुरु

काठमाडौं, २७ जेठ । काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ । गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि आवश्यक जानकारी गराउने उद्देश्यका साथ सोमबारबाट सो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरुको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढ्न आह्वान गर्नु भयो । उहाँले बाढि, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिन दक्षिण एशियाका विज्ञहरुसहितको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा आयोजना गरिएको सम्मेलन २ दिनसमम चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);