श्रमिक संघ संगठन सरकारप्रति आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

श्रमिक संघ संगठन सरकारप्रति आक्रोशित

काठमाडौं, ९ मंसिर ||
श्रमिक संघ, संगठनहरुले जलवायु परिवर्तनसम्बन्धि छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी), एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लगायतका सरोकारवाला संघ, संगठनहरुले जलवायु परिवर्तनका लागि श्रमिकहरु सबैभन्दा धेरै मारमा पर्दा पनि उनीहरुको समस्या समाधानका निम्ति छलफलमा समेत सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन् । शनिवार ललितपुरमा आयोजित सरोकारवालाहरुसँगको छलफलमा बोल्दै सत्तारुढ काँग्रेस निकट एनटियुसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनले ल्याउने विपद् न्युनिकरणका लागि श्रमिकहरुको एजेण्डा अघि बढाउनका लागि सरकारसँग घनिभुत छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको मारमा परेका श्रमिकहरुको एजेण्डालाई अघि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
एमाले निकट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सरकारले आफूहरुलाई जलवायु परिवर्तन सम्बन्धि छलफलमा सहभागी समेत नगराइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जलवायु परिवर्तनको अवसर न्युनिकरणका लागि जनताको घरदैलोमा चेतना फैल्याउने काम पनि श्रमिक संघ, संगठनहरुले नै गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।
जलवायु परिवर्तन सम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा स्थापित गराउनका लागि सरकारसँग छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार श्रमिक र राजगारदाताबीच घनिभुत छलफल भएर मात्रै जलवायु परिवर्तनले श्रमिकहरुमा आएको समस्या समाधान गरेर अघि बढ्न सकिने पनि बताउनु भयो । अध्यक्ष सिंखडाले विपद्ले सबैलाई समस्यामा पार्ने भएकाले मिलेर ती समस्या समाधानका लागि अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);