भन्सार क्षेत्रमा कडाई गरेपछि स्थानीय व्यापारी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

भन्सार क्षेत्रमा कडाई गरेपछि स्थानीय व्यापारी आन्दोलित

jhapa bhansar kadai

झापा, २४ जेठ । पूर्वको सीमा नाका हुँदै भित्रिने व्यपारीक प्रयोजनका सामानहरु आयातमा मेची भन्सारले कडाई गरेपछि स्थानीय व्यापारीहरु आन्दोलिन भएका छन् ।

भारतको पानीट्यांकीबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिने सामानहरु भन्सार क्षेत्रमा कडाई गरेपछि साना व्यापारीहरु आन्दोलित बनेका हुन् । अर्थमन्त्रीले भन्सार नाकामा कडाई गर्न आदेश दिएसँगै पूर्वी नाकामा विगत एक महिनादेखि कडाई गरिएको थियो ।

यस अघि साना व्यापारीले संक्षिप्त प्रज्ञापन पत्र बनाएर पाँच हजारसम्मको भन्सार गर्दै आएका थिए भने अहिले भन्सारले मुल भन्सारबाट साना व्यापारीलाई पूर्ण भन्सार गरेर लान आदेश गरेपछि साना व्यापारीको रोजिरोटी खोसिएको भनी आन्दोलित भएका हुन् । पूर्वमा अधिकांश साना व्यापारीहरु बिहान बेलुका छाक टार्नकै लागि भारत गएर केही मूल्यको सामान ल्याएर नेपाली बजारमा बेच्दै आएका छन् । भन्सारमा कडाई गरेर आफ्नो रोजी रोटी खोसिएको भनी स्थानीय साना व्यापारीहरु आक्रोसित छन् ।

यस्ता सयौं व्यापारीहरुलाई भन्सारले कडाई गरेसँगै दमन गर्न थालेपछि उनीहरु बिरोधमा समेत उत्रिएका हुन् । भन्सार कर्मचारीले भन्सार गेट आईनपुग्दै मेची पुलबाटै व्यापारीको सामान खोस्ने र लखेट्ने गरेको उनीहरुको गुनासो रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);