काठमाडौं, १६ जेठ । नेपाली जनताले बलिदानीपूर्ण ऐतिहासिक आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र राजनीतिक दल र नेतृत्वको उपलब्धि हो । तर, यहि गणतन्त्र अहिले राजनीतिक नेतृत्वको प्राथमिकतामा परेको छैन । र गणतन्त्र संकटमा पर्दै गईरहेको छ भन्ने टिप्पणीहरु भईरहेका छन् । गणतन्त्र स्थापना भयो भन्दैमा र बलिदानीपूर्ण आन्दोलनको स्मरण गर्दैमा, के गणतन्त्र संस्थागत हुन्छ ? के साचिकै गणतन्त्र माथि संकट आइपरेको हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले नेकपा मालेका महासचिव सीपी मैनालीसंग गरेको कुराकानी हेर्नुहोस् :




