संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद

samghiye samsad pustakalaya

काठमाडौं, ११ जेठ । सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर, सांसदहरू पुस्तकालय नै जाँदैनन् । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन् ।

संघीय संसद् प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ । तर, शीर्ष नेता भने संसद्को पुस्तकालयमा एकपटक पनि पुगेका छैनन् । पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन् । त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन ।

४० हजार पुस्तक भएको लाइब्रेरीबाट सांसदहरूले कति पुस्तक पढ्न लगेका छन् भन्ने तथ्यांकसमेत छैन । तर, डेढ सयजति पुस्तक मात्रै पढ्न लगेको मोटामोटी तथ्यांक छ । २७५ सदस्यीय प्रतिनिधिसभाका १० र ५९ सदस्यीय राष्ट्रिय सभाका १७ सांसद मात्रै पुस्तकालय पुगेको रेकर्ड छ । ‘कुन सांसदले कति पुस्तक र कुन–कुन लानुभयो भन्ने विवरण उतार्न समय लाग्छ । सबै कुरा बताएर पनि हुन्न,’ पुस्तकालय प्रमुख कमलादेवी शर्माले भनिन् । संसद्को पुस्तकालयमा बसेर पढ्ने ठाउँसमेत पर्याप्त छैन । उपयुक्त पुस्तक अभाव र पुस्तकालयमा बस्ने ठाउँको अभावका कारण नगएको सांसदहरू बताउँछन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);