काठमाडौं, १ जेठ । काठमाडौंमा ‘नेपाल–भारत लगानी एक्स्पो’ सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट सो एक्स्पो सूरु गरिएको हो । नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनु भयो । एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन् । एक्स्पोको दोस्रो दिन बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।




