काठमाडौं, ३१ बैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नु भयो ।
मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै तिमल्सिनालाई भेट्न पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँग उहाँले विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको पनि स्पष्ट पार्नु भयो ।
त्यस अवसरमा युनियनले सम्पूर्ण मिडियामाथिनै ‘कू’ गर्ने नियतका साथ ल्याइएको सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको थियो ।