मन्त्री बास्कोटाद्वारा गोरखापत्रको कामप्रति असन्तुष्टि, काममा सुधार नभए विकल्प खोज्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

मन्त्री बास्कोटाद्वारा गोरखापत्रको कामप्रति असन्तुष्टि, काममा सुधार नभए विकल्प खोज्ने चेतावनी

gokul baskota

काठमाडौं, २४ बैशाख । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको कामप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिनु भयो । उहाँले गोरखा पत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराउनु भयो । गोरखा पत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पेन्सन खाने तर गोरखा पत्र संस्थानको काममा सुधार नहुने कुराको अन्त्य गरेरै छाड्ने बताउनु भयो ।

मन्त्री बास्कोटाले गोरखा पत्र संस्थानलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो । कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति पनि उहाँको आक्रोश थियो ।