मेडिकल कलेजले पैसा फिर्ता गरेनन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

मेडिकल कलेजले पैसा फिर्ता गरेनन्

medical college-paisa

काठमाडौं, २१ बैशाख । मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग जवाफ मागेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तीन दिनभित्र जवाफ मागी बिहीबार त्रिविलाई पत्राचार गरिएको जानकारी दिए ।

‘शुल्क फिर्ताको प्रक्रिया के-कसरी अघि बढेको छ भनेर जानकारी दिन त्रिविलाई निर्देशन दिइएको छ,’ उनले भने । पोखराको गण्डकीसहितका मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्ने सहमति गत चैत ७ गते भए पनि कार्यान्वयन भएको छैन ।

‘शुल्कका विषयमा विश्वविद्यालयको सिस्टमअनुसार नै जानुपर्छ, मन्त्रालयमा भएको पूर्वसहमतिबारे जवाफ मागिएको हो,’ सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले भने । अवैध शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेपछि शिक्ष्ाामन्त्रीले सर्वपक्षीय बैठक डाकेर महिना दिनभित्र फिर्ता गराउने सहमति गराएका थिए ।

त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएसलगायत विषयका विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका छन् । मन्त्रालयमा भएको सहमतिमा विश्वविद्यालय र डिन कार्यालयको समन्वयमा शुल्क फिर्ता गराउने भनिएको थियो । त्यसको अनुगमन त्रिवि, मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयका प्रतिनिधिले गर्ने उल्लेख छ । तर अहिलेसम्म अनुगमन समितिसमेत बन्न सकेको छैन ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);