काठमाडौं, १६ बैशाख । नीजि क्षेत्रको दुरसंचार प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुका लागि कल आयो पैसा पायो अफर सुरु गरेको छ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्र्तगत ग्राहकले यसअघि मनपराएको यो अफर यस वर्ष पनि सुरु गरेको जनाएको छ ।
यो अफर अन्र्तगत ग्राहकहरुले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन् । एनसेलको यो योजना बैशाख १६ गते देखि तिन महिना सम्म जारी रहनेछ ।




