पुनर्निर्माणका लागि अझै ४ खर्ब थप आवश्यक : प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

पुनर्निर्माणका लागि अझै ४ खर्ब थप आवश्यक : प्राधिकरण

sushil gyawali

काठमाडौं, १० वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अझै ४ खर्ब भन्दा धेरै रकम थप आवश्यक पर्ने अनुमान गरेको छ ।

प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप आवश्यक पर्ने अनुमान गरिएको जानकारी गराएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजना अनुसार आवश्यक गर्ने बजेट परिमार्जनसहित दातृ निकाय र संस्थासँग थप रकम माग गर्ने तयारी भईरहेको बताए ।

त्यसका लागि प्राधिकरणले अर्थ मन्त्रालय र दातृ निकायहरुमा छलफल भइरहेको तथा आवश्यक पर्ने अनुमानीत रकमको आकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको पनि जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले थप बजेटका लागि विश्व बैंकसँग ५ सय मिलियन अमेरिकी डलर सम्झौता भईसकेको र थप ५ सय मिलिनियम अमेरिकी डलर उपलब्ध गराउन पनि सो बैंक सकारात्मक रहेको पनि जानकारी दिए ।

सरकारले यसअघि पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकोमा त्यसलाई परिमार्जन गरेर ७ खर्ब ३७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो पहिले अनुमान गरेको भन्दा २ खर्ब एक अर्ब रुपैयाँ कम हो ।

दाता सम्मेलनमा दातृ निकायहरुबाट ४ खर्ब १० अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा ३७ अर्ब रुपैयाँ रहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको छ । त्यस्तै, पुननिर्माणका लागि ३ खर्ब ४३ अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा जम्मा २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत अर्थात ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रक्रियामा रहेको बताए । सरकारले ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारसँग अनुदान सम्झौता गरेको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता भएको मध्य ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ घरपरिवारले घर निर्माण सम्पन्न गरेको तथा ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५ परिवार घर निर्माणको क्रममा रहेको बताए । प्राधिकरणले हालसम्म ३ खर्ब ८७ अर्ब रुपैयाँ पुननिर्माणमा खर्च गरिसकेको पनि स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);