नागरिकता बनाउनेहरुको भीड, कर्मचारीलाई भ्याइ नभ्याई | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

नागरिकता बनाउनेहरुको भीड, कर्मचारीलाई भ्याइ नभ्याई

parsa office

अनुप तिवारी
पर्सा, १० बैशाख । प्रदेश २ को पर्सा जिल्ला प्रशासन कार्यालयमा अहिले नागरिकता बनाउनेहरुको भीड बढेको छ । गृह मन्त्रालयले गरेको परिपत्र अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्न सर्वोच्च अदालतले गरेको आदेशपछि नागरिकता लिनेको भिड बढेको हो ।

यो भिड हेर्दा सरकारले ल्याएको कुनै विशेष सुविधाको लागि आफ्नो नाम दर्ता गराउनेहरुको हानथाप जस्तो देखिन्छ । तर, यी नागरिकहरु कुनै विशेष सुविधाकोे लागि नभई आफु यस देशको नागरिक भएको प्रमाण, नागरिकताको प्रमाणपत्र लिनको लागि लागेको भिड हो । गृह मन्त्रालयले गरेको परिपत्र अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गरिने सर्वोच्च अदालतको आदेशपछि नागरिकता लिनेको भिड बढेको हो । नागरिकता बनाउन आउने अधिकांश २०६२÷०६३ मा जन्मसिद्ध नागरिकता पाएका सन्तानहरु नै रहेका छन् । नगरिकता बनाउन जिल्ला प्रसाशन कार्यालय पर्सामा अहिले भ्याइ नभ्याई भएको छ । भिड बढेको र कर्मचारी संख्या पनि अपुग भएकोले भिड व्यवस्थापन गर्न पनि समस्या भएको छ । भिड नियन्त्रण गर्न टोकनको व्यवस्था पनि गरिएको छ । भिडका कारण काममा ढिलाई हुने गरेको सेवागा्रहीको गुनासो छ ।

जन्मसिद्धको नागरिकको सन्तानलाई बशंजको हकमा नागकिता प्रदान गर्न निर्धारण गरिएको मापदण्ड रुजु गर्न बढि समय लाग्ने गरेको छ । स्थाई बसोबास, विजुलीको बिल भुक्तानी गरेको, जग्गा दर्ता प्रमाणपत्र लगायतका ११ वटा मापदण्ड पुरा गरेर मात्र नागरिकता वितरण गरिने गरिएको छ ।

जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गरिने सर्वोच्च अदालतको आदेश लगत्तै नागरिकता लिन आउनेको सख्ंया बढेको हो । पछि फेरि के व्यवस्था आउला र नागरिकता लिन पाइएला कि नपाइएला भन्ने भयले गर्दा सर्वोच्चको आदेश लगत्तै नागरिकता लिनेहरुको भिड भएको प्रवक्ता शर्माले जानकारी दिए ।

नागरिकता लिनेहरुको भिडले गरेर कार्यालयका अन्य दैनिक प्रशासनिक कार्यहरु पनि अस्तव्यस्त भएका छन् । नागरिकता वितरण एकदम संवेदनशील विषय हो । त्यसैले यो विषयमा बनेका कानुनहरुमा विवाद देखिने तथा परिवर्तन भइरहने भइरहेका छन् । तर यति हुँदाहुँदै पनि यो विषय टुंगो लाग्न नसक्दा नागरिकहरु भने रनभुल्ल देखिन्छन् । पछिल्ला दिनमा नक्कली प्रमाण पेश गरि नागरिकता लिएको कतिपय घटनाहरु उजागर भएपछि अहिले जिल्ला प्रशासनमा दुई दर्जन भन्दा बढी मुद्दाहरु कारबाहीको प्रकृया छन् । बीरगन्जमा २०६३ सालमा जन्मसिद्ध नागरिकता पाएकाहरुको दोहरो नागरिकता पनि भेटिएको छ । एउटै व्यक्ति नेपाल र भारतको नागरिक भएका प्रमाण प्रशस्त रुपमा भेटिनुले पनि नागरिकता वितरणमा बढि जिम्मेवार हुनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);