एजेन्सी, २३ चैत । साउथ ह्याम्पटनलाई हराउँदै लिभलपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शुक्रवार राती भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाहा पुनः एक पटक नायक बनेका छन । एकल प्रयासमा गोल गर्दै उनले लिभरपुलको जितको बाटो तय गरेका थिए । घरेलु टोलीले खेलको नवौँ मिनेटमा साने लङको गोलबाट अग्रता बनाएको थियो ।
लिभरपुलका नाबी केईटाले ३६ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । सलाहले ८० औं मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुुलको जित सुनिश्चित गरेका थिय ।
शीर्ष स्थानमा फर्किएको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ । साउथ ह्याम्टन ३३ अंकसहित रेलिगेसन जोन भन्दा दुई स्थान माथि रहेको छ ।




