काठमाडौं, १५ चैत । सरकार दुई तिहाईको छ । संविधान जारी भईसकेपछि संविधानको कार्यान्वयन, मुलुकमा स्थिरता र समृद्धि प्राप्त हुन्छ भनेर सरकारले बारम्बार भनिरहेको छ । आम जनताले पनि यो कुरामा आशा गरिरहेका छन् । तर एक वर्षको अवधिमा हामीले स्थिरता कति प्राप्त गर्यौ ? समृद्धिको कति पाईला हिड् यौ ? र संविधानको कार्यान्वयनलाई कति महत्व दियौ ? हाम्रो सरकार, संसद र राजनीतिक दलहरु कति संस्थागत छन् ?, भन्ने कुरा बहसको विषय बनिरहेको छ । यी विषयहरुसंगै अलग्गै मदेशको मुद्दा उठाईरहेका सीके राउतसंग सरकारले गरेको सहमतिपछि सरकारले सीकेलाई मूलधारमा ल्यायौ भनेर गर्भ गरिरहेको छ । तर सत्तारुण दलकै नेताहरुले यो विषयमा आसंका व्यक्त गरिरहेका छन् । अर्को पक्षले यो गणतन्त्र होइन औपचारिक गणतन्त्र हो नेत्र बिक्रम चन्द विप्लप, मोहन बैद्य लगायतका नेताहरुले भनिरहेका छन् र विप्लपले जनगणतन्त्र ल्याउनुपर्छ र त्यसका लागि हामी जनक्रान्ति गर्दैछौ भनेर भनेका छन् । र विप्लप नेतृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ ।यो परिस्थितिमा हामीले कति समृद्धि प्राप्त गर्न सक्छौ ? सरकारले ध्यानपूर्वक गर्नुपर्ने काम कहाँ थियो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका नेता महेश आचार्यसंग गरेको कुराकानी हेर्नुहोस् :
ओलीबाट देश चल्दैन, देउवाबाट कांग्रेस चल्दैन, लगानी सम्मेलन हल्लामात्र : महेश आचार्य (भिडियोसहित)
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
६ घन्टा अघि




