आजबाट अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन शुरु, प्रधानमन्त्री ओलीद्धारा उदघाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजबाट अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन शुरु, प्रधानमन्त्री ओलीद्धारा उदघाटन

Lagani-sammelan_oli

काठमाडौं, १५ चैत । सुखी नेपाली समृद्ध नेपालको नारासहित गठन भएको सरकारले आयोजना गरेको अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन आजबाट शुरु भएको छ ।

विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।

दुई दिनसम्म काठमाडौँमा चल्ने सम्मेलनमा ४० देशका ६ सय लगानीकर्ता सहभागी हुँदैछन् । सम्मेलनका क्रममा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनामा लगानी प्रस्ताव गर्ने तयारी छ । सरकारले लगानी सम्मेलनमा ३० खर्वको लगानी प्रतिवद्धता आउने अपेक्षा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);