काठमाडौं, १४ चैत । शारिरीक रुपमा अशक्त भएकाहरुले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारसँग माग गर्दै बिहीबार राजधानीको जोरपाटीमा प्रर्दशन गरेका छन् ।
जोरपाटी सडक खण्डको फुटपाथ समेत ह्वील चियर मैत्री नभएपछि शारिरीक रुपमा अशक्त भएकाहरुले सो फुटपाथ भत्काउँदै आफूहरु मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारलाई दवाव दिन प्रर्दशन गरेका हुन् ।
सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आफूहरु मैत्री फुटपाथ समेत नबनेपछि त्यसको विरोधमा बनाइएको फुटपाथ समेत भत्काउन बाध्य हुनु परेको शारिरीक रुपमा असक्त भएकाहरुको भनाई छ ।
उनीहरुले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माणका लागि सरकारलाई दवाव दिन पनि सबैलाई आग्रह गरेका छन् । नेपालमा हाल कूल जनसंख्याको १० प्रतिशत शारिरीक रुपमा अशक्त भएकाहरु रहेका छन । उनीहरुको हितप्रति सरकार संवेदनशील नदेखिएको विभिन्न अध्ययन प्रतिवेदनले पनि देखाएको छ ।




