ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्याउनसमेत आग्रह गरे ।

प्रतियोगितामा सात टिम पुरुष र चार टिम महिलाको सहभागीता रहेको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ । अरु खेल जरी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);