चाँगुनारायणकाे मुहानपाेखरीमा चरा गणना सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

चाँगुनारायणकाे मुहानपाेखरीमा चरा गणना सुरु

भक्तपुर ।  भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । उनका अनुसार चाँगुनारायणको सो क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।
 
अध्ययनमा त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नाकाेत्तरतह र विद्यावारिधि अध्ययनरत विद्यार्थीका साथै पंक्षी संरक्षण संघका प्रतिनिधि सहभागी छन् ।  चाँंगुनारायणमा सुरु सो गणना काठमाडौं उपत्यकाभरि हुने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);