कपिललाई अर्को झट्टा: सोनी च्यानलले रोक्ने भयो 'द कपिल शर्मा शो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एजेन्सी, १६ भदौ । बलिउडका कमेडियन कपिल शर्मा पछिल्लो समय पटक-पटक चर्चामा रहेका छन् । पछिल्लो सयम सेलिब्रेटीसँगको सुटिङ स्थगित गरेपछि उनी चर्चामा छन् । यद्यपी उनी आफू अस्वस्थ भएको कारण ‘द कपिल शर्मा’ शो को छायांकन हुन नसकेको बताउँदै आएका छन् ।

 

अब सोनी च्यानलले पनि कपिल शर्माको स्वास्थ्यस्थिती ठीक नभएको भन्दै शो नै बन्द गराउने भएको छ । उसो त कपिलको शो सधैँलाई नभई केही समयको लागि बन्द हुने भएको हो ।

 

सोनी च्यानलले कपिलको स्वास्थ्य ठीक भएपछि नयाँ स्वादसँगै पुन: शो सञ्चालन गर्ने बताएको छ । उक्त समय अब ‘सुपर डान्सर २’ प्रसारण हुने भएको छ । सोनी च्यानलले हालै ‘पहरेदार पिया की’ पनि बन्द गरेको छ ।

 

‘द कपिल शर्मा शो’ लाई अलग र राम्रो तरिकाले प्रसारण गर्न यो बीचको समय उपयुक्त हुने सोनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);