काठमाडौं, २१ फागुन । नेपालमा उपभोक्ताहरु जहिले पनि मारमा पर्ने गरेका छन् । उपभोक्ताको हितको लागि राज्य निर्माण भएको छ । राज्यको प्राथमिक दायित्व सुशासन, शान्ति, सुरक्षा र अत्यावश्यक बस्तुको सुव्यवस्थापन हो । आम उपभोक्ताहरु कानुनमा लेखेको कुरा सरकारले कार्यान्वयन गर्नुपर्छ भनिरहेका छन् । यो कार्यान्वयन नहुनु पछाडीको मूल कारण सरकार, व्यापारी, उद्यमी र बिचौलियाहरु को हुन् ? सामान्य खाद्यान्न देखि लिएर दैनिक उपभोग्य बस्तुमा समेत ठगि भईरहेको छ भनेर निकै धेरै चर्चा भईरहेको छ । यो चर्चाको शृंखलामा यति बेला ग्यास जोडिएको छ । यो भन्दा अगाडी पेट्रोलियम पदार्थ, खाद्यान्नमा मिसावट र कालोबजारीको बारेमा त कुरा गरि साध्य नै छैन । एउटा चिनीको मूल्य तय गर्न सरकारलाई हम्य हम्य पर्यो । तर मूल्य निर्धारण गरिसकेपछि पनि किन सरकारले कार्यान्वयन गर्न सकेन ? दैनिक उपभोग्य बस्तुमा कालोबजारी, कृतिम अभाव र मूल्यहरुमा अचानक घटबढ किन हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनसंग गरेको कुराकानी हेर्नुहोस् :
ओली सरकार नै कालाबजारियाको नाईके हो, ग्याँसको भाउ बढाउन चाहन्छ : प्रेमलाल महर्जन (भिडियोसहित)
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
३६ मिनेट अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
२ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
२ घन्टा अघि




