नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेम दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेम दिवस मनाइयो

अप्सरा गौतम
काठमाडौं, २ फागुन । बिहिबार फेब्रुवरी १४ अर्थात भ्यालेन्टाईन डे । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । विशेषगरी युवायुवतीहरुले प्रेम साटासाट गरी यो दिवस मनाएका छन् ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरिन्छ । प्रेम दिवसको दिन भन्दा एक हप्ता अघि देखि नै यसलाई मनाउने प्रचलन वढ्दो छ । प्रेमको प्रतीक मानिले रातो गुनाव यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् । त्यसैले पनि आज हरेक पुष्प पसलहरुमा गुनावको फुल किन्नेहरुको भिड वढेको थियो ।

प्रेम दिवसका दिन अरु समय भन्दा पुष्प ब्यापार वढी हुने गर्दछ । व्यापारीहरु पनि व्यापार वढेपछि उनीहरुलाई बोल्न समेत फुर्सद थिएन । व्यवसायीहरुका अनुसार एउटा गुलावको मुल्य ४० देखि १ सय रुपैयाँ सम्म विक्रि भएको छ ।

यसवर्ष भारतबाट २ करोड मुल्य बराबरको गुलावको फूल आयात भएको छ । गत वर्ष एक करोड २५ लाख रुपैयाँ मूल्यको गुलाफ आयात भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालमै उत्पादन रहेको छ । अरु समय नेपालकै उत्पादनले धान्ने भए पनि मंसिर देखि माघ सम्मको समयमा नेपालका गुलावको उत्पादन कम हुने भएकाले भारत लगायत होल्याण्डबाट गुलाव आयात गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । एशोसियसनका अनुसार नेपालमा वार्षिक २० करोडको गुलाफको कारोबार हुने गरेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार