‘भ्यालेन्टाइन डे’मा भारतबाट एक करोड रुपैयाँको गुलाब आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘भ्यालेन्टाइन डे’मा भारतबाट एक करोड रुपैयाँको गुलाब आयात

तेजना पण्डित

काठमाडौं, २८ माघ । हरेक वर्ष फेबु्रअरी १४ मा ‘भ्यालेनटाइन्स् डे’ अर्थात प्रेम दिवस मनाइन्छ । यस दिन प्रेमको प्रतिक रातो गुलाफको आदानप्रदान गरि माया साटासाट गर्ने प्रचलन छ । तर, कृषि प्रधान देश नेपालमा अधिकांश फूल भारतबाट भित्रिने गरेको छ ।

रोमन पादरी सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने भ्यालेनटाइन्स् डे हरेक वर्ष फेव्रुअरि १४ मा मनाइन्छ । केही दशक अघि भित्रिएको ‘भ्यालेन्टाइन्स डे’ नेपालमा पनि किशोर किशोरीले पर्वकै रुपमा मनाउने गरेका छन् । प्रेमको प्रतिक गुलाफको आदान–प्रदान गर्दै मनाइने यो पर्वमा नेपालमा फूलको ठुलो मात्रामा कारोबार हुने गरेको छ । फेब्रुअरी १४ मा ‘भ्यालेनटाइन्स् डे’ मनाइने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहल–पहल सुरु भएको छ । यस वर्षको प्रणय दिवसका लागि भारतबाट एक करोड बराबरको रातो गुलाफ भित्र्याइदै छ ।

अरु दिन सामान्यतः ८/१० हजारको विक्रि हुने फूल एउटै पसलबाट भ्यालेन्टाइन्स् डेमा ३० हजारसम्म विक्रि हुने गरेको पूष्प व्यवसायीहरु बताउँछन् । १६ वर्ष अघि आफुले व्यवसाय सुरु गर्दा गुलावको व्यापार खासै नहुने गरेपनि अहिले भ्यालेन्टाइन्स् डेमा मात्र नभएर अघि पछि पनि व्यापार बढेको व्यवसायीहरुको अनुभव छ ।

नेपालमा ‘भ्यालेन्टाइन्स डे’ मा दुई लाख तीस हजार गुलावको माग हुने गरेकोमा ५० हजार मात्र स्वदेशी उत्पादनबाट पूर्ति हुन्छ । बाँकी माग भने भारतबाट आयात गरेर धान्नुपर्ने फ्लोरिकल्चर एसोशिएसनको अनुभव छ । गर्मी महिनामा नेपालमा पनि गुलावको फूल पर्याप्त उत्पादन हुन्छ । तर, उत्पादन कम हुने जाडो महिनामै भ्यालेन्टाइन डे परेकाकारण पनि आयातमा भर पर्नुपरेको पूष्प व्यवसायीहरुको बुझाई छ ।

धेरै मानिसले अहिलेपनि ‘भ्यालेन्टाइन्स डे’ नेपालीको पर्व नभएको भन्दै यसलाई धेरै महत्व दिनु आवश्यक नभएको बताउने गर्छन् । तर, विश्वव्यापीकरणको प्रभाव र युवा पुस्तामा आएको आधुनिक सोच र शैलीलाई रोक्न सकिदैन । त्यसैले यसलाई टार्ने भन्दा उपयोग गर्दै स्वावलम्बि बन्नु उयुक्त हुन्छ । यसका लागि नेपालमै व्यावसायिक फूल खेति वढाएर देशबाट एतिठुलो रकम वाहिर जान रोक्नेबारे सोच्न आवश्यक छ । यसतर्फ नेपाल सरकार र व्यवसायी दुबैले सोच्न र व्यवसायिक उत्पादनतर्फ लाग्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);