आँधीका कारण अमेरिकामा इन्धन समस्या, पेट्रोलको मूल्य दुई वर्ष यताकै उच्च | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

एजेन्सी, १५ भदौ । अमेरिकाको टेक्सासमा पाँच दिनदेखि विध्वसं मच्याएको समुद्री आँधी हार्वेले अमेरिकाभर इन्धनको प्रवाहमा समस्या पैदा गरेको छ ।

 

बाढीका कारण कैयौँ तेल कम्पनीहररुले आफ्ना पाइपलाइन र प्रशोधन केन्द्र बन्द गरेका छन् ।

 

हार्वे आँधीका कारण अमेरिकाको एक चौथाई तेल प्रशोधन केन्द्रमा क्षति पुगको छ ।

 

जसका कारण पेट्रोलको मूल्य दुई वर्ष यताकै उच्चविन्दुमा पुगेको छ।

 

आधीँले बढी प्रभाव पारेको हस्टन शहर उर्जाको मुख्य केन्द्र रहि आएको थियो।

 

हार्वेका कारण अहिले सबै उर्जा प्रशोधन केन्द्रहरु बन्द छन् ।

 

बाढीका कारण हस्टन शहरमा ३७ को मृत्यु भइसकेको छ भने ५० हजार घर प्रभावित सचांर माध्यम सीएनएनले जनाएको छ ।

पछिल्लो विपदका कारण दशौँ अर्ब डलर बराबरको क्षति भएको ठानिएको छ।

 

ताजा समाचार