काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभावाट पारित गराउने तयारी गरेको छ ।
केही बेरमा बस्ने राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो । सरकारले आफूसंग गरेको सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा डाक्टर गोविन्द केसी २३ दिनदेखि आमरण अनसनमा छन् ।
नेपाली कांग्रेसले पनि डाक्टर केसीसंग गरेको सझौता बिपरित सरकारले बिधेयक ल्याएको भन्दै बिरोध गर्दै आएको छ । प्रतिनिधि सभाबाट पारित भएको उक्त बिधेयक गत सोमवार कांग्रेसको बिरोधका बावजुद राष्ट्रिय सभामा टेबुल गरिएको थियो । बिधेयमा संसोधन प्रस्ताव दर्ताका लागि सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो ।