कांग्रेसको चेतावनी पछि रोकियो चिकित्सा शिक्षा विधेयक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेसको चेतावनी पछि रोकियो चिकित्सा शिक्षा विधेयक

samsadh parlyament

काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको संसद बैठक स्थगित भएको छ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको थियो । तर, प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको अबरोधका कारण बैठक स्थगित हुन पुगेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी सांसदले संसदको नियम निलम्बन गरेर विधेयक अघि बढाउने सत्तापक्षको प्रस्तावप्रति असहमति जनाएपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५, संसद बैठकमा प्रस्तुत गर्न सरकार असफल भएको हो । विधेयक कार्यसुचीमा चढिसकेको थियो । प्रतिपक्षीको अबरोधपछि सभामुख कृष्णबहादुर महराले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको थियो । तर, त्यसपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुसँग सभामुख महराले गरेको सहमति प्रयास फलदायी हुन नसकेपछि सूचना टाँस गरी सोमबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

डाक्टर गोविन्द केसीको माग अनुसार तयार पारिएको अध्यादेश अनुसार नै प्रतिस्थापन विधेयक ल्याउने सहमति भएको थियो । तर, त्यसको मर्म विपरीत आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । सहमतिअनुसार विधेयक नल्याए संसद बैठक चल्नै नदिने चेतावनीसमेत कांग्रेसले दिएको छ ।

सरकारले अध्यादेशबाट आफ्नो माग सम्बोधन गर्ने बुँदाहरु हटाएको भन्दै डा केसीले शनिबारबाट जुम्लामा अनसन थालेका छन् । सरकारले पेश गर्न लागेको चिकित्सा शिक्षा विधेयकले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्नेछ । उक्त अध्यादेश असार २० बाट निस्क्रिय हुँदैछ । त्यसैले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक फास्ट ट्रयाकबाट पारित गराउने सरकारको तयारी थियो । जसलाई सत्तापक्षका सांसदहरुले समय सान्दर्भिक भनेका छन् ।

विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाईमात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनुपर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने प्रावधान थियो । यो किन किन हटाइयो त ?

कांग्रेसले अध्यादेश जस्ताको तस्तै आएमात्र सहयोग गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);