अवैध काठ ढुवानी गर्दै गर्दा तीन वटा ट्रक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सिन्धुली, १४ भदौ । अवैधरुपमा काठ लिएर काठमाडौंतर्फ जाँदै गरेका तीनवटा ट्रक मंगलबार राति जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको जलकन्या चापैलीबाट एक हजार ६ सय क्युफिट उत्तिसको काठ लिएर काठमाडौं जान लागेका तीनवटा ट्रक गढीदरबार क्षेत्रबाट नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले बताएका छन् । नियन्त्रणमा लिइएका ट्रकलाई काठसहित जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । ठेकेदारले भने प्रक्रिया पु¥याउन नपाउँदै कामदारहरुले काठ लोड गरेर हिँडेको र आवश्यक प्रक्रिया पूरा गरेरमात्र लगिने जनाएको छ । बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट सडकखण्डमा ठूला सवारी साधन तथा मालबाहक ट्रक प्रवेश निषेध गरिएको छ ।

 

तर, १० टनभन्दा माथि लोड बोक्ने ड्रम ट्रक बिनाअवरोध बीपी मार्ग प्रयोग गरी चपौली पुगेर काठ लोड गरी फर्किएको अवस्थामा स्थानीयको खबरपछि मात्र प्रहरीले नियन्त्रणमा लिनुलाई शंकाको दृष्टिले हेरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);