निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्वप्रधानमन्त्री नेपालसँग स्पष्टीकरण माग | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

काठमाडौं, १४  भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिताविपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले नेपालसँग मंगलबार स्पष्टीकरण माग गरेको हो।

 

नेपाल आगामी असोज ३ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा तराईमा छन्। वीरगंजमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेताकार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएकाले निर्वाचन आयोगले स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो।

 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। आजको नागरिक दैनिकले खबर छापेको छ।

ताजा समाचार