'अमेरिका र उत्तर कोरियाबीच छिट्टै वार्ता हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

‘अमेरिका र उत्तर कोरियाबीच छिट्टै वार्ता हुन्छ’

एजेन्सी, २० पुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका–उत्तर कोरियाबीच छिट्टै वार्ता हुने बताएका छन् । बिदेशमन्त्री पोम्पेओले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता भएको थियो । त्यसबेला फेरि अर्काे वार्ता गर्ने सहमति भएको थियो । तर, सो वार्ताको मिति भने अहिलेसम्म तय भएको छैन ।

पछिल्लो समाचार अनुसार ट्रम्प र किमको भेटका विषयमा उत्तर कोरियाली नेताको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पले प्राप्त गरेको बताइएको छ । अर्काे वार्ताका लागि अमेरिकी राष्ट्रपतिलाई उत्तर कोरियाली शासक किमले गत मंगलबार पत्र पठाएको विदेशमन्त्री पोम्पेओले खुलासा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);