आफैले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आफैले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै

sarbajanika bida

 काठमाडौं, २० पुस । सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ।

विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो।

सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो।

थपिएका बिदाः
उभौली, उधौली, इदुल फित्र, बकरइद, मोहम्मद जयन्ती, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, माघी, जनैपूर्णिमा ।