काठमाडौं, १९ पुस । सरकारले प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गरेका हुन् ।
मन्त्री ढकालले पेश गरेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतीबाट स्वीकार गरेको हो ।
प्रतिनिधिसभाको अर्को बैठक आईतबार १ बजे बोलाईएको छ ।