काठमाडौं, ११ पुस । आजकल विभिन्न्न किसिमका रोगहरु देखिन थालेका छ । केहि समय यता काठमाण्डौँ र आसपास क्षेत्रमा पार्किन्सन्स् रोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । पहिले -पहिले यो रोग उमेर पुगेका मानिसलाई मात्र लाग्छ भन्ने थियो । यो रोगलाई मानिसहरु प्यारालाईसिस् जस्तो भनेर दाँज्थे । तर यो यो रोग युवाहरुमा समेत देखिन थालेपछि उमेर पुगेका मिनिसमा मात्र लाग्ने भन्ने भ्रम हराएको छ ।
केहि वर्ष अगाडि यो रोग ३५ वर्ष देखि माथि ५० वर्ष सम्मलाई लाग्ने भाने थियो । यो रोग आजकल कलिलै उमेरमा पनि देख्न थालेको छ । दिमागले दोकामेनको उत्पादन कम गर्न थालेपछि मानिसमा यो रोग देखिन थाल्छ । केहि मानिसमा यो रोग वँशाणुगत हुन्छ । पार्किन्सन्स् रोग भिटामिन र अन्य कारणले लाग्दछ ।यो रोग हास्यकलाकार मदन कृष्ण श्रेष्ठलाई पनि भएको थियो । अहिले उनी पुर्ण रुपमा निको भईसकेका छन् ।
पार्किन्सन्स् रोग १० लाख मानिसमा एक जनामा लाग्ने रोग हो ।विश्वभर यसका विरामी ५ लाखको हाराहारीमा रहेका छन् ।यो रोग लाग्दा हात-खुट्टा काँप्ने, शरिर सुस्त हुदैँ जाने, बोली लर्बराउने, शरिरले काम गर्न नसक्ने हुन्छन् । पार्किन्सन्स् रोग भनेको के हो ? यसका लक्षणहरु के-के हुन् ? यो रोग के-के कारणले लाग्छ ? यस्का उपचार पद्दती कस्तो छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले न्युरो सर्जन डाक्टर रेशा श्रेष्ठ कर्माचार्य संग गरेकाे भिडियाे हेर्नुहोस्: