के तपाईको हात खुट्टा काप्छ? कतै पार्किन्सन्स् रोग त हाईन? जानी राखौँ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

के तपाईको हात खुट्टा काप्छ? कतै पार्किन्सन्स् रोग त हाईन? जानी राखौँ (भिडियोसहित)

parkinon

काठमाडौं, २९ चैत । संसारमा भरि झण्डै एक करोड भन्दा बढी मानिसमा पार्किन्सन्स् रोग भएको आंकलन गरिएको छ । यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पार्किन्सन्स् रोगलाई बुढेउलीको रुपमा हेर्ने गरिन्थ्यो । तर, अहिले उल्लेखनीय संख्यामा युवाहरुलाई पनि यो रोग देख्न थालेको छ । पार्रक्यान्सर रोग बिस्तारै माथितिर मस्तिकमा क्षय हुँदै जान्छ, हिड्डुल गर्न नसक्ने, शरिर काम्ने अन्तत शररि विस्मृती हुने जस्ता देखा पर्दछन् ।

आजकल विभिन्न्न किसिमका रोगहरु देखिन थालेका छ । केहि समय यता काठमाण्डौँ र आसपास क्षेत्रमा पार्किन्सन्स् रोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । पहिले -पहिले यो रोग उमेर पुगेका मानिसलाई मात्र लाग्छ भन्ने थियो । यो रोगलाई मानिसहरु प्यारालाईसिस्  जस्तो भनेर दाँज्थे । तर यो यो रोग युवाहरुमा समेत देखिन थालेपछि उमेर पुगेका मिनिसमा मात्र लाग्ने भन्ने भ्रम हराएको छ ।

केहि वर्ष अगाडि यो रोग ३५ वर्ष देखि माथि ५० वर्ष सम्मलाई लाग्ने भाने थियो । यो रोग आजकल कलिलै उमेरमा पनि देख्न थालेको छ । दिमागले दोकामेनको उत्पादन कम गर्न थालेपछि मानिसमा यो रोग देखिन थाल्छ । केहि मानिसमा यो रोग वँशाणुगत हुन्छ । पार्किन्सन्स् रोग भिटामिन र अन्य कारणले लाग्दछ ।यो रोग हास्यकलाकार मदन कृष्ण श्रेष्ठलाई पनि भएको थियो । अहिले उनी पुर्ण रुपमा निको भईसकेका छन् ।

पार्किन्सन्स् रोग १० लाख मानिसमा एक जनामा लाग्ने रोग हो । विश्वभर यसका विरामी ५ लाखको हाराहारीमा रहेका छन् ।यो रोग लाग्दा हात-खुट्टा काँप्ने, शरिर सुस्त हुदैँ जाने, बोली लर्बराउने, शरिरले काम गर्न नसक्ने हुन्छन् । पार्किन्सन्स् रोग भनेको के हो ? यसका लक्षणहरु के-के हुन् ? यो रोग के-के कारणले लाग्छ ? यस्का उपचार पद्दती कस्तो छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले अध्यक्ष, नेप्लिज पार्किन्सन्स् डिजीज एसोेसियसन मुनाल सुवेदी संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);