काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुर्व महामन्त्री रानाभाटले विगतमा राणासंग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हँुदै गएको भन्दै त्यसबारे गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता औल्याए ।
मुलुकका ठुला ठुला राजनीतिक परिर्वतनमा ठुलो योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुँदै गएको भन्दै उनले त्यसको गम्भीर समिक्षा गरिनुपर्ने बताए । आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर हुँदै गएको भन्दै उनले पार्टी भित्रका सबै विकृतिको अन्त्य महासमिति बैठकले गर्न सक्नुपर्नेमा जोड दिए ।