प्रमुख अतिथिमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा, सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

प्रमुख अतिथिमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा, सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था

yogi

काठमाडौं, २६ मंसिर । विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।

 भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ

योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम छ ।

अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिनेछन् ।

आदित्यनाथ आउनुअघि नै भारतबाटै बुलेट प्रुफ गाडी जनकपुर आइसकेको छ । यसबाहेक जामरसहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि आइसकेको स्रोतले जनाएको छ । जामरले वरपरको क्षेत्रमा मोबाइल नेटवर्कलाई जाम गरिदिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);