पर्साको परवानीपुरमा फोहोरको व्यवस्थापन हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

पर्साको परवानीपुरमा फोहोरको व्यवस्थापन हुन सकेन

राजु प्रसाद साह

वीरगञ्ज, ५ मंसिर । पर्साको परवानीपुर गाउँपालिकामा प्रदुषणको मात्रा बढ्दै गएको वातावरणविदहरुले बताएका छन् । ठूलो परिमाणमा रहेको फोहर मैला व्यवस्थापन नहुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

बजार तथा सडक किनारमा फालिएको फोहर र कच्ची सडकको धुलोधुँवाका कारण त्यहाँ बसोबास गर्ने आम जनताको दैनिकी कष्टकर बन्दै गईरहेको छ ।

परवानीपुरको बजार क्षेत्रमा जताततै फोहर देखिन्छ । फोहोर व्यवस्थापनका लागि बजेट निकासा हुन्छ । कर पनि उठाईन्छ । तर फोहोर व्यवस्थापन भने हुन सकेको छैन । गाउँपालिकाले फोहर व्यवस्थापन गर्न कुनै पनि पहल नगरेको भन्दै स्थानीयले आक्रोश तथा गुनासो गरेका छन् ।