शालिकराम चालिसे
नुवाकोट, १ मंसिर । जिल्ला अस्पताल नुवाकोटमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । नुवाकोटसँग जोडिएको अन्य दुई जिल्लाहरु रसुवा र धादिङका बिरामीहरुलाई समेत सेवा पुराईरहेको जिल्ला अस्पताल त्रिशूली नुवाकोटमा दरबन्दी खाली हुँदा बिरामीहरु समस्यामा परेका छन् ।
जिल्ला अस्पताल नुवाकोमा आवश्यक दरबन्दी अनुसार कर्मचारी नहुँदा स्टाफ नर्सको भरमा अस्पताल संचालन भइरहको छ । अस्पतालमा ६९ जनाको दरबन्दी भएपनि अहिले २३ जनाले मात्र काम गरिरहेको अस्पतालका व्यबस्थापक झंकार लामिछानेले बताए ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेनको नै दरबन्दी खाली रहेको छ । त्यस्तै मुख्य अधिकृत सहित कन्सन्टेन, अर्थो, पारामेडिक्सक र नर्सिङका दरबन्दीहरु रिक्त रहेको छ ।
अस्पतालमा लामो समयसम्म सरकारी दरबन्दि अनुसारको कर्मचारी नहुँदा अस्पताल स्टाफ नर्सको भरमा चलेको अस्पताल व्यवस्थापक लामिछानेले जानकारी दिए । नुवाकोटसँग जोडिएको अन्य दुई जिल्लाहरु रसुवा र धादिङका बिरामीहरुलाई प्रत्यक्ष सेवा पुराईरहेको जिल्ला अस्पतालमा दरबन्दी खाली हुँदा बिरामीहरु समस्यामा छन् ।
लामो समयसम्म दरबन्दी खाली हुँदा आकस्मिक सेवासमेत प्रभावित हुँदै आएको छ भने सानोतिनो अप्रेसनका लागि समेत विरामीलाई काठमाडौं रिफर गर्नुपर्ने अवस्था आएको छ।
जिल्लाको पुरानो अस्पतालको रुपमा परिचित अस्पतालमा सेवा पाउन नसकेर राजधानी धाउनपर्ने अवस्था आएको विरामीहरुले बताएका छन् । अस्पतालमा उपचारका लागि आएपनि डाक्टर अभावको कारणले पालो नपाएको र काठमाडौं गए छिटो हुने आशय अस्पतालका कर्मचारीले बताउने गरेको सेवाग्राहीले बताएका छन ।
त्यस्तै अस्पतालमा कर्मचारी अभाव भएको भन्दै इमरजेन्सीमा समेत राम्रोसँग सेवा प्रवाह नगर्ने गरेको विरामीका आफन्तले बताएका छन ।
अस्पताल अहिले प्रदेश अन्र्तगत रहेको भएपनि चालु आर्थिक वर्षको लागि विदुर नगरपालिकाले नै अस्पताल व्यवस्थापन गरिरहेको छ । अस्पतालमा रिक्त रहेको दरबन्दि परिपुर्ति गर्न अस्पताल प्रशासनले सरोकारवाला निकायसँग पहल गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । चिकित्सक नै नभएपछि उपचारका लागि आउने बिरामीको संख्या कमी भएको अस्पताल प्रशासनले बताएको छ ।