'महिला हिंसा न्यूनिकरणका लागि सबैकाे ध्यान केन्द्रित हुनुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

‘महिला हिंसा न्यूनिकरणका लागि सबैकाे ध्यान केन्द्रित हुनुपर्छ’

mahila

काठमाडौं, १६ कात्तिक । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले महिलामाथि हुने सबै प्रकारको हिंसा न्यूनिकरणका लागि सबैलाई केन्द्रित हुन आह्वान गरेकी छन् ।

उपसभामुख तुम्बाहाङफेले यौनजन्य महिला हिंसा अन्त्यका लागि सरकार, गैरसरकारी संस्था र सर्वसाधारण सबैको दायित्व रहेको बताइन् । शुक्रबार काठमाडौंमा आयोजित ‘यौनजन्य हिंसाः अनुसन्धान र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबैको सामूहिक प्रयासको बलमा मात्रै समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्दै लैजान सकिने बताए । उपसभामुख तुम्बाहाङफेले महिला हिंसाको पीडा पुरुषहरुलाई पनि हुने उनको धारणा छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले महिलामाथि हुने यौनजन्य हिंसा न्यूनिकरणका लागि उनीहरुलाई शिक्षा र स्वास्थ्यमा उचित लगानी गर्नुपर्ने बताए । महिला सशक्त भए उनीहरुमाथि हुने हिंसा आफैं न्यूनिकरण भएर जाने सांसद अधिकारीको भनाई छ ।

कार्यक्रममा विज्ञहरुले हिंसा पीडित महिलाहरुलाई तत्काल राहत दिन शिघ्र न्याय प्रणालीको छुट्टै व्यवस्था गर्न सरकारलाई सुझाव पनि दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);