काठमाडौँ, ९ भदो । चीनको सेनाले आफ्नो फौजमा भर्ती हुनका लागि चाहिने केही टिप्सहरु सार्बजनिक गरेको छ। चिनियाँ सेनाका तर्फबाट जारी गरिएको यी टिप्सलाई लिएर चिनियाँ सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ।
चिनियाँ सेनामा भर्ती हुन चाहने युवा फेल नहुन् भन्नका लागि भन्दै सेनाले १० वटा टिप्स सार्वजनिक गरेको हो। आवेदक मध्ये ५६ प्रतिशत फिटनेशका कारण आउट भएको भन्दै सेनाले यो टिप्स र्दिको हो । जसको मदतमा सेनामा सहभागी हुने इच्छा राख्ने युवा शारीरिक योग्यतामा फेल नहुन् भन्ने रहेको छ।
के-के छन् टिप्स ?
रक्सी तथा अन्य ड्रिंगस नखानु
स्क्रीनमा लामो समय नविताउँनु, मोबाइल धेरै नचलाउनु
एक्सरसाइज धेरै गर्नु
कम्प्यूटर गेम र हस्तमैथुनबाट टाढा रहनु
सुताइको समयमा ख्याल गर्नु
टाटु नबनाउँनु
सफा पानी पिउनु
आनुवंशिक परिस्थितिमा राम्रो उपचार गराउनु
सफाइमा विशेष ध्यान दिनु
तर सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भने यसलाई मजाकको विषय बनाएका छन्। केहीले सरकारकले सेनाको संख्यामा भारी कटौती गर्ने तयारी गरिरहेको अवस्थामा सेनामा भर्तीलाई असहज बनाउन यस्तो गरिरहेको आरोप लगाएका छन्।