टीडी अमेरिट्रेडले फेसबुक च्याटबोट ल्यायो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

वासिङ्टन, ९ भदौ । टीडी अमेरिट्रेडले उपभोक्तासँग संवाद गर्न सक्ने स्वचालित उत्पादन च्याटबोट सार्वजनिक गरेको छ।

 

यो च्याटबोटले फेसबुकको संदेशवाहक प्रविधि (म्यासेजिङ अप्लिकेशन) मा उपभोक्तासँग बजार र बजारका गतिविधिबारे जानकारी उपलब्ध गराउनेछ।

 

च्याटबोट टीडी अमेरिट्रेडको बौद्धिक कृत्रिमता तथा यन्त्र सिकाइमा आधारित उत्पादन हो। यसले प्राकृतिक भाषाको संदेशहरूप्रति प्रतिक्रिया जनाउनेछ। यसले फेसबुक म्यासेन्जरका उपभोक्ताहरूलाई लगानी र स्टक मूल्यका बारेमा जानकारी दिने जनाइएको छ।

 

वित्तीय प्रतिष्ठानहरूलाई कल सेन्टरका लागि मानिसहरूको सेवा विस्थापित गरी स्वचालित रूपमा २४ घन्टे सेवा उपलब्ध गराउन सक्ने सुविधा यसबाट प्राप्त हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);