मोबाइलमार्फत अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई थप सहज : एनसेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

मोबाइलमार्फत अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई थप सहज : एनसेल

काठमाडाैं, २६ पुष । मोबाइलमार्फत अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई थप सहज हुने भएको छ । पछिल्लो समय भौतिक रुपमा विद्यालयमा उपस्थित भइ पढ्न असहज भएको अवस्थामा विद्यार्थीको भर्चुअल अध्ययनलाई लक्षित गर्दै एनसेल कम्पनीले अडियो क्लास अफर ल्याएको छ ।

सहजै लिन सकिने सो सेवा सुपथ रहेको कम्पनीले जनाइएको छ । ३ दिनको लागि ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लास, ७ दिनको लागि १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लास सेवा लिन सकिने कम्पनीले जनाएको हो । थप सेवा किन्न लागि ७ रुपैयाँ लाग्ने र यसले ५० मिनेटको क्लास अवधि बढ्ने बताइएको छ ।

विद्यार्थीहरुलाई जुनसुकै स्थानमा पढ्न सहज हुनेगरी यस्तो अफर ल्याइएको यो सेवा हाललाई यो सेवामा १ देखि ४ कक्षा सम्मको पाठ्यक्रमहरु उपलब्ध हुनेछ । कक्षा १० सम्मका विद्यार्थीहरुलाई लागि चरणबद्ध रुपमा अरु कक्षाको पाठ्यक्रम हालिने कम्पनीले जानकारी दिएको हो ।

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनैपनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply