एजेन्सी, ९ असोज । निकारागुवामा विपक्षी नेता फेलिक्स मारिया डागा विरुद्ध अदालतले गिरफ्तारी आदेश जारी गरेको छ । सो आदेश विरुद्ध उनका समर्थकहरुले सडकमा हिंसात्मक प्रदर्शन गरेका छन् । सरकारी नीति विपरित गलत काम गरेको आरोपमा विपक्षी नेतालाई पक्राउ आदेश जारी गरिएको हो ।
निकारागुवामा सरकारी पक्षले विपक्षीलाई दवाउन सुरु गरेपछि सरकार विरुद्ध विपक्षीले सडक तताउन थालेका छन् । अदालत मार्फत विपक्षी नेता फेलिक्स मारिया डागा विरुद्ध गिरफ्तारी आदेश जारी गरेपछि उनका समर्थकहरुले सडकमा हिंसात्कम प्रदर्शन गर्न थालेका हुन् ।
सरकारी नीति विपरित गलत काम गरेको आरोप खेप्दै आएका विपक्षी नेता फेलिक्सलाई कानुनी दाउपेच लगाएर जेल हाल्ने सरकारको योजना विफल पार्न विपक्षीहरुले कम्मर कसेका छन् । सडक तताउँदै आएका विपक्षी निकारागुवाका राष्ट्रपति डैनियाल ओर्टेगाको सरकार समर्थक सँगै कार्यकर्तासंग भिडेका छन् ।
भिडियाे हेर्नुस्:
सार्वजनिक हितमा सरकारद्धारा जारी नीति विपरित कार्य गर्न नहुने सरकार समर्थकहरुको अडान छ । विपक्षिलाई नागरिक समाजका अगुवाहरुले पनि सघाएका छन् । निकारागुवाका मानव अधिकारकर्मिहरुले गएको अप्रिल महिनामा सरकार विरोधि प्रदर्शन गर्दा ३ सय जनालाई कारागार चलान गरिएको बताएका छन् ।
विरोध प्रदर्शनकै बेला प्रहरी र शसस्त्र समुहले ३ सय भन्दा बढि प्रदर्शनकारीको ज्यान लिएको मानव अधिकार समुहले आरोप लगाएका छन् । आर्टेगाको बामपंथी सरकारले जनहितमा कल्याणकारी काम गर्न थालेपछि विरोध सुरु भएको उनिहरुको दावि छ । सन् १९८० को गृह युद्धपछि निकारागुवाको अवस्था जटिल बन्दै गएको छ ।
अहिलेको हिंसात्मक विरोध सबैभन्दा बढि खराब रहेको सर्बसाधारणको भनाई छ । सन् १९८० पछि अमेरिकी समर्थित कान्ट्रा विद्रोहिसँग वामपन्थी समर्थकहरु भिड्न सुरु गरेकोले विद्रोहीहरुले बढि चर्चा पाएका छन् ।