खेलकूद क्षेत्रको बिकासका लागि बजेट अभाव : खेलकूदमन्त्री बिश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

खेलकूद क्षेत्रको बिकासका लागि बजेट अभाव : खेलकूदमन्त्री बिश्वकर्मा

jagat bishwokarma

काठमाडौं, ९ असोज । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि बजेटको अभाव रहेको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुसँग सवाल–जवाफ गर्नेक्रममा मन्त्री विश्वकर्माले पर्याप्त बजेट नभएकाले खेलकुद क्षेत्रको विकासलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नसकिएको स्पष्टिकरण दिएका हुन् ।

मन्त्री विश्वकर्मालेखेलकुद क्षेत्रको पूर्वाधार विकासमा समेत बजेटको अभाव रहेकोतर्फ समितिका सदस्यहरुको ध्यानाकर्षण गराए । उनले सरकारले खेलकुद क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएपनि सो लक्ष्य प्राप्तीका लागि बजेट अभाव हुने उल्लेख गरे ।

मन्त्री विश्वकर्माले सरकारले भूगोल र हावापानी सुहाउँदो खेलकुदको विकास हुने गरी पूर्वाधार निर्माण गर्ने योजना पनि समिति समक्ष पेश गरे । उनले हावापानी अनुकूलको खेल खेल्न विश्वका सबै खेडालीलाई नेपाल भित्रयाउने सरकारको योजना रहेको उल्लेख गरे ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय एकतालाई बलियो बनाउने गरी कार्ययोजना तय गर्न नसकेको भन्दै मन्त्री विश्वकर्माको आलोचना गरेका थिए ।