काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति रामवरण यादवले प्रजातान्त्रिक योद्धाहरुको योगदानलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित प्रजातान्त्रिक योद्धा स्वर्गीय सुन्दरराज चालिसेको शतवार्षिक जन्मजयन्ती समारोहमा बोल्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुन्दर चालिसे लगायतका व्यक्तित्वहरुको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सुरेसराज चालिसेद्धारा लिखित क्रान्तिको आँधिवेहरीमा पिताको खोजी पुस्तक लोकार्पण गरिएको थियो । साथै, गोपालदास बादे श्रेष्ठ, नूतन थपलिया र भोलामान सिंह प्रधानलाई (मरोणोपरान्त) सम्मान गरिएको थियो ।




