टर्कीको राजधानी अंकारामा प्रशिक्षण हेलिकप्टर दुर्घटनाः एक पाइलटको मृत्यु, अर्का घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

टर्कीको राजधानी अंकारामा प्रशिक्षण हेलिकप्टर दुर्घटनाः एक पाइलटको मृत्यु, अर्का घाइते

टर्कीको राजधानी अंकारामा बुधवार एक प्रशिक्षण हेलिकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । अंकारा गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार ‘रोबिन्सन आर–४४’ मोडेलको उक्त हेलिकप्टर स्थानीय समयअनुसार बिहान १०ः०२ बजे सिन्कान जिल्लाको टेमेली क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते भएका प्रशिक्षक पाइलटको उपचारका क्रममा मृत्यु भएको न्यायमन्त्री अकिन गुर्लेकले पुष्टि गरेका छन् । अर्का घाइतेको उपचार भइरहेको बताइएको छ । हेलिकप्टर दुर्घटनाको कारणबारे यकिन हुन सकेको छैन । मन्त्री गुर्लेककाअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन सुरु गरिएको छ ।

Leave a Reply