प्रिमियर लिगमा आज ८ वटा खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

प्रिमियर लिगमा आज ८ वटा खेल हुँदै

PremierLeagueLogo

काठमाडौं, ६ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज ८ वटा खेल हुँदैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे फुलह्याम र वाटफोर्ड भिड्ने छन् ।

पाँचौ चरणको खेल सकिँदा वाटफोर्ड १२ अंक सहित चौथो स्थानमा छ । लगातार चार खेल जितेको वाडफोर्ड गत साता म्यान्चेस्टर युनाईटेडसँग २–१ ले पराजित हुँदै अपराजित यात्रामा पूर्ण विराम लागेको थियो । फुलह्याम लिग तालिकामा ४ अंक जोड्दै १५औं स्थानमा छ ।

अरु ६ वटा खेलहरु पौने ८ बजे सुरु हुनेछन् । आठौं स्थानको म्यानचेस्टर युनाईटेडले नवौ स्थानको उल्भरह्याम्पटनसँग खेल्ने छ ।अपराजित यात्रा कायम राख्दै दोस्रो स्थानमा रहेको लिभरपुल र १३ औं स्थानको साउथह्याम्पटन भिड्ने छन् ।

बर्नले र एफसी वर्नमाउथ भिड्दा तेस्रो स्थानको म्यानचेस्ट सिटी र कार्डिफ पनि पौने ८ बजे नै भिड्नेछन् । क्रिष्टल प्यालेस र न्यूक्यासल युनाइटेड, लेस्टर र हडल्स फिल्ड पनि सोही समयमा खेल्नेछन् । आजै राति सवा १० बजे ब्राइटन र टोटनह्याम हट्स्पर आमने सामने हुनेछन् ।