काठमाडौं, २ असोज । भारतको लखनउमा जारी चार टोली सम्मिलित वान डे सिरिजको तेस्रो स्थानका लागि अफगानिस्तानले नेपालसामु २ सय ४५ रनको चुनौती प्रस्तुत गरेको छ । लखनउस्थित एकना अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले रियाज हसनको शतक मद्धतमा ८ विकेट गुमाएर २ सय ४४ रनको स्कोर तयार गरेको छ ।
अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न नसकेपनि ओपनर हसन अन्तिमसमय सम्म क्रिजमै रहेका थिए । पवन सर्राफ, सम्साद आलम र सागर ढकालले २-२ विकेट लिए । रासिद खानको नाममा १ विकेट रह्यो ।
खेलमा कमलसिंह ऐरीले १ मेडन राख्दै ६८ रन खर्चेपनि विकेट भने लिन सकेनन् । सागर ढकालले आफ्नो स्पेलमा ३ मेडन राख्दै मात्र २८ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए ।
अफगानिस्तानविरुद्ध नेपालले आफ्ना ७ बलर प्रयोग गरेको थियो । समुह चरणमा खेलेका ३ मध्ये नेपालले अफगानिस्तानलाई नै पराजित गरेको थियो ।