केन्याद्वारा नेपालसामु १ सय ७८ रनको लक्ष्य प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

केन्याद्वारा नेपालसामु १ सय ७८ रनको लक्ष्य प्रस्तुत

सन्दिप लामिछानेले लिए पाँच विकेट –

काठमाडाैं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–टू मा केन्याले नेपालसामु १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहकमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभर मा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन बनाए ।

नेपालका लागि उत्कृष्ट बलिङ गर्दै सन्दिप लामिछानेले १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले समान १–१ विकेट लिए । अहिले नेपाल जवाफी ब्याटिङ गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);