नेपाल टस हारेर ब्याटिङ गर्दै, ९० रनमा ६ विकेट गुमायो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

नेपाल टस हारेर ब्याटिङ गर्दै, ९० रनमा ६ विकेट गुमायो

nepalvsafghanistan

काठमाडौं, ३१ भदौ । भारत लखनउमामा जारि चौकोणीय अन्डर-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले तेश्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ । एकाना अन्तरास्ट्रिय क्रिकेट मैदान ‘बि’ मा अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ।

लगातार दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल प्रवेशबाट बाहिरीसकेको नेपालले सात रन बनाउदा तीन विकेट खेर फाल्यो । सुरुवाती तीन खेलाडी त्रितराज दाश चार रनमा आउट भए भने आसिफ शेख तीन र अरुण ऐरीले खाता खोल्न पाएनन ।

त्यसपछि सन्दिप जोरा २८ रनमा आउट हुदा नेपालको स्कोर ५४ रनमा थियो । नेपालले स्कोरबोर्डमा अरु ६ रन थप्दा पाँचौ विकेट गुमायो । नेपालका लोकेश बाम १६ रनमा आउट भए । नेपालका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुन नसक्दा नेपालले ९० रनमा ६ विकेट गुमायो ।

नेपाल जस्तै अफगानिस्तान पनि पहिलो जितको खोजिमा रहेकाले नेपाललाई त्यति सहज भने पक्कै छैन ।

अफगानिस्तानले पनि खेलेको २ वटै खेलमा पराजय बेहोरेको छ । अफगानिस्तान र नेपालले २–२ खेल हारेकाले दुवै टिमको फाइनल पुग्ने सम्भावना भने सकिएको छ ।